National

विपन्न महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सिलाई मेसिन प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन सहयोग प्रदान गरेको छ । बैंकले बाँके जिल्लामा रहेको फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन सहयोग प्रदान गरेको हो । 

बैंकले फातिमा फाउन्डेसनमा आवद्ध विपन्न पृष्ठभूमिका महिलाहरूलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवन शैलीको पनि स्तरोन्नति हुने भन्दै सिलाई मेसिन सहयोग गरेको बैंकले जनाको छ ।

फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरी चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरूको हकहितका लागी काम गर्दै आएको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ३० हजार ग्राहक वर्गलाई आधुनिक बैङ्किङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै