National

ज्योति विकास बैंकद्वारा महोत्तरीका आगलागीपीडितलाई राहत सामग्री वितरण

काठमाडौं । ज्योति विकास बैंकले अग्नि पीडित परिवारहरूलाई राहत सामग्रीहरू वितरण गरेको छ । बैंकले महोत्तरीको मटिहानीका आगलागी पीडितहरुलाई राहत सामग्री वितरण गरेको हो ।  

बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका आगलागीपीडित १ सय २० घरधुरीलाई डसना र झुललगाएतका राहत सामग्री वितरण गरेको बैंकले जनाएको छ ।

राहत वितरण कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरू अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै