National

प्रभु बैंकको सञ्चालक पदमा किशोरजंग कार्की र भावना बलायर नियुक्त

काठमाडौँ । प्रभु बैंकको सञ्चालक पदमा किशोरजंग कार्की र भावना बलायर नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनीहरूलाई सो पदमा नियुक्त गरेको हो ।

बैठकले संस्थापक सेयरधनीको समूहबाट किशोरजंग र सर्वसाधारण समूहबाट भावनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैंकको सञ्चालक समितिको बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरे सँगै दुवैजना सो पदमा नियुक्त भएका हुन् ।

नियुक्त हुनेमा काठमाडौँको विशालनगर बस्ने किशोरजंग कार्की र ललितपुरको खुमलटार बस्ने भावना बलायर रहेकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै