ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘राइनो लज एण्ड होटल’ मा छुट

काठमाडौँ। ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘राइनो लज एण्ड होटल’ मा विशेष छुट हुने भएको छ। चितवन सौराहास्थित ‘राइनो लज एण्ड होटेल’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटेल मा २५ ५ सम्म छुट प्राप्त गर्न सक्नेछन्। सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा सुविधाहरूका कारण यस होटेलले पर्यटकहरूको मन जित्दै चितवनको विशिष्ट गन्तव्यको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्य र सुदृढ जनशक्ति नै राष्ट्रनिर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४१ करोड रूपैयाँ करमा योगदान पुर्‍याएको छ। बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै