ज्योति विकास बैंकको १८औँ वार्षिकोत्सव: १० र १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई गर्यो सम्मान !

काठमाडौँ। ज्योति विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा १० र १५ वर्षको निरन्तर सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरेको छ। दीर्घकालीन समर्पण, इमान्दारिता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै संस्थाले विशेष कार्यक्रमकाबीच उनीहरूलाई बैंकले सम्मान गरेको हो।

कार्यक्रममा संस्थाका नेतृत्वले कर्मचारीहरूको निष्ठा, परिश्रम र प्रतिबद्धताले संस्थालाई आजको सफलतासम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। वर्षौँदेखि संस्थासँग आबद्ध कर्मचारीहरूको अनुभव र समर्पण नै संस्थाको सबैभन्दा ठूलो शक्ति रहेको पनि बताइएको छ।

सम्मानित कर्मचारीलाई कदरपत्र तथा सम्मान प्रदान गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरिएको थियो।

बैंकले कर्मचारीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस्ता सम्मान कार्यक्रमले कार्यप्रेरणा अभिवृद्धि गर्नुका साथै संस्थाप्रति अपनत्वको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

१८औँ वार्षिकोत्सवका अवसरमा आयोजित यो सम्मान कार्यक्रमले संस्थाको ‘Years of Dedication, A Legacy of Excellence’ भन्ने भावनालाई थप सशक्त बनाएको जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै