काठमाडौँ। प्रोग्रशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १८ हजार ६९२ कित्ता सेयर बिक्रीमा राखेको हो।
कम्पनीले उक्त सेयर कम्पनीको विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो ।
सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र सञ्चालक समिति समक्ष आवेदन दिन सक्नेछन्।

