काठमाडौँ। नारायणी डेभलपमेण्ट बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा राखिएको शर्त बमोजिम संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहलाई कोषमा आधारित कर्जा सापट र गैरकोषमा आधारित सुविधाहरु समेत गरी आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा कायम गरी प्रदान गर्न सक्ने गरी एकल ग्राहक कर्जा सीमा कायम गरिएकोमा आ.व. २०८१-८२ मा संस्थाले उक्त व्यवस्थाको उल्लंघन गरी कर्जाहरु प्रवाह गरेको भन्दै कारबाही गरेको हो ।



