नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिने भएको छ। बैंकको संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राखिने भएको हो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको छ। बोलपत्र काठमाडौँको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिने बैंकले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै