DISH HOME

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने कात्तिक ९ गते अन्तिम दिन रहेको छ। बैंकले गत असोज २ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरेकोमा सोही सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।

बैंकले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।

बैंकको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। हाल बैंकको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै