पाँच वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकको आग्रह

काठमाडौँ। एभरेष्ट बैंकले लाभांश रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०५५-५६ देखि लिन बाँकि रहेको लाभांश रकम बुझिलिन सेयरधनीहरूलाई बैंकले आग्रह गरेको हो।

पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण, नागरिकता वा अन्य परिचयपत्र तथा आवश्यक सेयरसम्बन्धी कागजातसहित बैंकको सेयर शाखामा सम्पर्क गर्नुपर्नेछ।

बैंकले सम्बन्धित सबै सेयरधनीलाई आवश्यक प्रमाणसहित समयमै सम्पर्क गरी आफ्नो बाँकी लाभांश प्राप्त गर्न आग्रह गरेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्