National

अन्तराष्ट्रिय ट्रेडमार्कको दुरुपयोग गर्दै समृद्धि फाइनान्स

काठमाडौँ । समस्याग्रस्त संस्थाको सूचीबाट नेपाल राष्ट्र बैंकले हटाएपछि नाम फेरेर सञ्चालनमा आएको समृद्धि फाइनान्सले अन्तराष्ट्रिय ट्रेडमार्क कानुनको गम्भीर उल्लङ्घन गरेको पाइएको छ । कम्पनीले आफ्नो वेबसाइटमा विश्वविख्यात एप्पल कम्पनीको ट्रेडमार्कमा दर्ता भएको लोगो दुरुपयोग गरेर अन्तराष्ट्रिय ट्रेडमार्क कानुनको गम्भीर उल्लङ्घन गरेको पाइएको हो ।

अन्तराष्ट्रिय ट्रेडमार्क कानुन अनुसार कुनै पनि कम्पनीको ट्रेडमार्क कानुनअन्तर्गत दर्ता भएको नाम र लोगो अर्कोले प्रयोग गर्न पाउँदैन । तर एप्पलको ट्रेडमार्कका रुपमा रहेको चिन्हलाई समृद्धि फाइनान्सले आफ्नैसरह आफ्नो वेब साइटमा राखेको पाइएको छ ।

गुगलमा समृद्धि फाइनान्सको विवरण खोज्दा सो एप्पलको आइकन प्रष्ट देखिन्छ । जुन सरासर गैरकानुनी हो ।

यता यस विषयमा कम्पनीमा फोन गरेर बुझ्दा कम्पनीका प्रतिनिधिले यसविषयमा आफूलाई थाहा नभएको दाबी गरे । कानुनको सामान्य सिद्धान्त अनुसार कानुन थाहा पाइन भन्न मिल्दैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै