National

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै