National

नबिल बैंकका ३ कमजोरी, जसकारण लुटियो बैंक (विश्लेषण)

काठमाडौँ । नबिल बैंकको भल्ट तोडेर १ करोड बढी रकम लुटिएको प्रकरणमा बैंककै कमजोरी भेटिएको छ । आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्ट बाट १ करोड बढी रकम लुटेको थियो । लुटेराहरूले रातको समयमा सुरक्षा गार्ड नभएको मौका छोपी सो रकम लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस प्रकरणमा बैंककै कमजोरी देखिएको हो ।

बैंक लुटिनुमा बैंकका ३ कमजोरीले काम गरेका छन् ।

१. बैंकले सो शाखालाई आवश्यक भल्ट नै नदिएको खुलासा भएको छ । आवश्यक भल्ट नदिँदा बैंकले खुजुरा पैसा बाहिर टिनको सामान्य बाकसमा राखेको पाइएको छ । लुटेराहरुले सजिलै काट्न सक्ने टिनमा रकम राख्नु नै लुटको मुख्य कारण देखिएको छ । सारांशमा भन्दा बैंकले रकमको सुरक्षा नै गर्नुपर्ने जति गरेको देखिँदैन ।

२. बैंकले वीरगञ्जका शाखा संवेदनशील छ भन्ने थाहा पाउँदा पाउँदै पनि सुरक्षा गार्ड नराखेको देखिन्छ । बैंकले सुरक्षा गार्डको खर्च कटाउँदा बैंक नै लुटिएको छ । 

३. बैंकले गेटमा पनि सार्है कमसल सुरक्षा व्यवस्था गरेको देखिएको छ । महत्वपूर्ण शाखाहरूका शंकास्पद गतिविधि थाहा पाउने उपकरणहरू राखिएका हुन्छन्, बैंक त्यसमा चुकेको छ । ताल्चा पनि सामान्य लगाएको छ । सारांशमा भन्दा बैंकको गेटका विषयमा पनि बैंक सुरक्षाका हिसाबले चुकेको देखिन्छ ।

४. बैंकका गतिविधिहरू राती पनि सिसिटिभीबाट मनिटर गर्ने व्यवस्था धेरै बैंकमा हुन्छ । बैंक यो ठाउँमा पनि चुकेको छ ।

५. बैंकका जिम्मेवार अधिकारीहरूले विभिन्न सञ्चारमाध्यममा इन्स्योरेन्सको पैसा आउने कारण बैंकलाई क्षति नभएको भनेका छन् । यही इन्स्योरेन्सको भर परेर गरिएको कमजोर सुरक्षा व्यवस्थाका कारण बैंक लुटिएको देखिन्छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै