National

एभरेष्ट बैंकद्वारा कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कपिलवस्तुमा चौथो एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । बैंकले मंगलबार कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १, मा पकडीमा रहेको तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्सटेन्सन काउन्टर उद्घाटन गरेको हो ।

उक्त एक्सटेन्सन काउन्टरको लुम्बिनी प्रदेशको क्षेत्र नं. १ का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइँकेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष परमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्सटेन्सन काउन्टरका इन्चार्ज विमल केसीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले बैंकहरू विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा प्रदान गराइने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैङ्किङ क्षेत्रमै कम खराब कर्जा रहेको बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैङ्किङ कारोबारमा थप सहज हुने बताए ।

सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज हुने बताए । सर्वसाधारणहरूले उक्त एक्सटेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि साधारण बचत खाता न्युनत ममौज्दात १०० र चल्ती खाता न्यनतम मौज्दात २ हजार ५ सय शुभारम्भ अफरहरू पाउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै