काठमाडौँ। एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै काम गर्नका लागि कर्मचारी माग गरेको हो ।
एभरेष्ट बैंकले कस्टमर सर्भिस र म्यानेजमेन्ट पदमा काम गर्नका लागि आवेदन खुलाएको हो। इच्छुक आवेदकहरूले जेठ ५ गतेभित्र आवेदन दिन सक्नेछन्।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। तलब तथा अन्य सुविधा भने बैंकको नियम अनुसार हुनेछ। बैंकले जारी गरेको सूचना हेर्नुहोस्:



