prabhu

टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले टोयटा गाडी किन्न आधार दरमै कर्जा दिने भएको छ । बैंक र नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक बीच ग्राहकहरूलाई आधार दरमै सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । 

बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट (नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच गाडी खरिद गर्ने ग्राहकहरूलाई आधार दरमा नै व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि सवारी कर्जा प्रवाह गर्ने सम्झौता भाको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा १२ वर्षसम्मका लागि सवारी कर्जा लिन सक्नेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै