National

आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । बुधबार नेपालमा पनि श्रमिक दिवस मनाइएने भएकाले देशका सरकारी कार्यालय, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने भएका हुन् ।

 श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा विसं २००७ मा विराटनगरमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो भने २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा पनि सार्वजनिक बिदा दिन थालिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै