National

नबिल बैंक लुट्ने ३ नेपाली र १ भारतीय नागरिक पक्राउ, पक्राउ परेकामध्ये एक ‘पटके चोर’, बैंककै कमजोरी देखियो 

काठमाडौँ । नबिल बैंकबाट १ करोड बढी रकम लुट्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नबिल बैंकले दिएको जाहेरीपछि अनुसन्धानमा लागेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ नेपाली नागरिक र एक भारतीय नागरिक छन् । पक्राउ परेकामध्ये एक जना पटके चोर पनि भेटिएको प्रहरीले बताएको छ । अनुसन्धानको क्रम नसकिएकाले प्रहरीले यस विषयमा थप बोल्न चाहिरहेको छैन ।
बैंकबाट सिसिटिभी फुटेज मगाएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटना घटेको दिन बैंकका केहि सिसिटिभी बिग्रेको देखिनुलाई पनि शंकाको घेराभित्र राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बैंककै कमजोरीका कारण बैंक लुटिएको विश्लेषण गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै