National

‘अर्जुन खनियाँ बढुवा भएको खबर एनआईसी एशियाले नै पत्याएन’

काठमाडौँ । एनआईसी एशिया बैंकका एजीएम अर्जुन खनियाँ शुक्रबार नै सहायक सीइओमा बढुवा भएका छन् । तर बैंकको वेव साइटमा अझै पनि उनको पद एजीएम नै छ । डेपुटी सीइओ सुधिरनाथ पाण्डेले राजिनामा दिने बित्तिकै उनको नाम सूचना अधिकारीबाट हटाउन हतार गरेको बैंकले खनियाँ बढुवा भएपछि पनि उनलाई घटुवा नै गरेर वेवसाइटमा उनको विवरण राखेको पाइएको छ ।

‘यसै पनि अर्जुन खनियाँको बढुवा धेरैलाई पचेको छैन । त्यहि भएर होला, बैंकको आईटी विभागले पनि उनको पद अपडेट गर्न हतार गरेको छैन ।’ बैंकका एक अधिकारीले बैंकिङ संसारसँग भने, ‘भोज खान व्यस्त भएर हो वा शनिबार परेर हो, खनियाँको पद नै अपडेट भएको छैन ।’

ती अधिकारीले खनियाँको बढुवा बैंकले नै नपत्याएकोजस्तो देखिएको बताए । ‘अर्जुन खनियाँ बढुवा भएको खबर एनआईसी एशियाले नै पत्याएन । यस्तै देखियो नि, होइन र ?’ उनले भने ।

एजीएम हुँदासम्म फोन उठाईरहने उनी बढुवा भएपछि सम्पर्कमा आउन छोडेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

NMB Laghubitta