काठमाडौँ। ऋण असुलीका क्रममा ऋणीलाई ज्यादती नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। ऋण असुलीका क्रममा ऋणीलाई मानसिक दबाब दिने, घरबाट सामान उठाउने वा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमति कार्यान्वयन गर्दै यस्तो निर्देशन दिएको हो। यस्ता गतिविधि भएको पाइए कानुनअनुसार कारबाही गर्न समेत प्रशासनलाई भनिएको छ।
सरकार र उक्त अभियानबीच गत भदौ ६ गते सहमति भएको थियो।
ललितपुरको पुल्चोकमा धर्नामा बसेका प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधि र सरकारबीच १४ बुँदे सहमति भएको थियो ।



