काठमाडौँ । एनआईसी एशिया बैंकमा काम गर्ने ३ कर्मचारीले बाढीका क्रममा भागेर ज्यान जोगाएका छन् । बाढी आएको संकेत पाउनेबित्तिकै ती कर्मचारी भागेर डाँडामा पुगेका थिए ।
बैंकका अनुसार स्याप्रुबेसीको शाखा रहेको पूरै घर नै बाढीले बगाएको छ । त्यहाँ रहेको नगद, र सबै डकुमेन्ट र बैंकको एटिएम पनि बाढीले बगाएको छ ।
बैंकको बेत्रावतीमा रहेको शाखा भने बगेको छैन तर डुबेको छ । त्यहाँ पनि मानवीय क्षेति भने हुन पाएन ।
क्षतिको पूरा विवरण आउन बाँकी छ ।



