काठमाडौँ । तत्कालीन एनआईसी एशिया (हाल एनआईसी एशिया बैंक)लाई ठुला करदाता कार्यालय ललितपुरले निर्धारण गरेको कर अन्तत: एनआईसी एशिया बैंकले १ प्रतिशत थपेर तिर्न तयार भएको छ । बैंकले सर्वोच्चबाट मुद्धा फिर्ता गरेर कर तिर्न तयार भएको हो ।
तत्कालीन एनआईसी एशियामाथि ठुला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । त्यसपछि एनआईसी प्रशासकीय अदालत गएको थियो । त्यहाँ पनि मुद्धा हारेपछि एनआईसी पुनरावेदन गर्न अदालत गएको थियो । लामो समयदेखि सो करको बक्यौता थियो ।
यसपाली सरकारले १ प्रतिशत तिरेर निर्धारण भएको कर तिरे बाँकी जरिवाना छुट गर्ने भएपछि एनआईसी एशियाले मुद्धा फिर्ता गरी कर तिर्न तयार भएको हो । यो हेर्नुहोस्:




