भोटेकोशी बाढीपीडितलाई सिबिफिनका सचिव थानेश्वर पौडलको २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का सचिव थानेश्वर पौडलले भोटकोशी बाढीपीडितलाई सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका हुन्।

शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरुको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरे ।

बाढीपीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए ।

उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनस्थापनका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहनुभएका नेपालीसहित सबै पक्षलाई आह्वानसमेत दिएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्