National

नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिस्टमा

काठमाडौँ । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेको जनाएको छ ।

नेदरल्यान्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका छन् । नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस पावरहाउसको प्रालि), एसआरबीए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले तोकेको मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका छन् । राष्ट्र बैंकले फर्मको योग्यताको आधार, अनुभव र क्षमताका आधारमा सर्टलिस्ट गरिएको जनाएको छ ।

हाल छानिएकालाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै