National

नबिल बैंकको भल्ट तोडेर लुटियो १ करोड रुपैयाँ !

काठमाडौँ । नबिल बैंकको भल्ट तोडेर १ करोड रुपैयाँ लुटिएको छ । बैंकको वीरगञ्जस्थित बाइपास शाखा आइतबार लुटिएको हो ।

बैंकका अनुसार आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्टबाट १ करोड रुपैयाँ चोरी गरेको सिसिटिभी क्यामेरामा देखिएको हो ।

त्यस्तै, सो रकम चोरी भएपछि बैंकको कामकारवाही केही समयका लागि रोकिएको थियो । हाल उक्त शाखा नियमित सञ्चालनमा आएको बैंकले जनाएको छ ।

चोरी भएलगत्तै बैंकले प्रहरीलाई खबर गरेको थियो । लुटेराहरूले रातको समयमा सुरक्षा गार्ड नभएको मौका छोपी सो रकम लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै