National

एनआईसी एशिया बैंक डुब्नबाट जोगाएका खनियाँ बैंकको एसीइओमा बढुवा, बैंकभित्रै तीब्र असन्तुष्टी !

काठमाडौँ । बैंक डुब्ने हल्लाका कारण निक्षेपकर्ताले पैसा झिक्ने क्रम बढेका बेला मिडियामासमेत एनआईसी एशियाका कर्तुतहरुमात्र सार्वजनिक भईरहेका बेला मिडियाबाट समाचार हटाउन सफल भई बैंकलाई डुब्नबाट जोगाएका अर्जुन राज खनियाँ अन्तत: बैंकको एसीइओमा बढुवा भएका छन् ।

यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई बैंकले एसीइओ बनाएको हो । केहि समय अघि नै बैंक छोड्ने तयारी गरेका उनी यहि बढुवा पाउने आशमा बैंकमा बसिरहेका थिए ।

खनियाँलाई एसीइओ बनाएपछि बैंकभित्र भने असन्तुष्टी छाएको छ । खनियाँ एसीइओ भएपछि बैंकका अर्का एक एसीइओले बैंक छोड्ने तयारी गरेको बैंकिङ संसारलाई बताए ।
‘अर्जुनजीलाई एसीइओ बनाउन तयार गरियो । अव हामीलाई ओभरट्याक गरेर उहाँलाई डेपुटी सीइओ बनाउनेसम्मको कुरा सुनिएको छ । अव बैंकमा रहिरहन ठिक छैन भन्ने लागेको छ ।’ बैंकका एक अर्का एसीइओले भने, ‘यस्तै माहोल बिगार्दा यसअघि पनि अरु साथीहरुले बैंक छोडे । अव हामीलाई पनि छोडे हुन्छ भन्ने आशय आएकोजस्तो देखियो ।’
यस विषयमा खनियाँसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् । बैंकका सूचना अधिकारीसमेत उनै हुन् ।
बैंकभित्र पछिल्लो प्रमोसनलाई लिएर तीब्र असन्तुष्टी देखिएको दाबी ती अधिकारीको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

NMB Laghubitta