National

बैंकिङ संसार समाचार प्रभाव : एनआईसी एशिया बैंकका सीइओ न्यौपानेले हटाए ‘भ्रम छर्न राखिएको’ पोष्ट !

काठमाडौँ । एनआईसी एशिया बैंकको रिपोर्ट नराम्रो आएपछि रिपोर्ट राम्रै छ भन्ने भ्रम छर्नेगरी राखिएको पूरानो समाचार सेयर गरिएको पोष्ट अन्तत: बैंकका सीइओ रोशन न्यौपानेले हटाएका छन् । ग्राहक र सेयरधनीहरुलाई भ्रम छरेको खबर बैंकिङ संसारले सार्वजनिक गरेपछि उनले सो पोष्ट हटाएका हुन् ।

उनले ‘बैंकिङ्ग क्षेत्रको प्रतिशेयर आम्दानी र प्रति शेयर नेटवर्थमा नकारात्मक वृद्धि भइरहँदा एन आई सी एसिया बैकको प्रतिशेयर आम्दानी २३.०६ रुपैयाँबाट ११ प्रतिशत बढेर २५.५९ रुपैयाँ पुगेको छ।’ भन्दै उकेरा डटकमको पूरानो न्युज सेयर गरेका थिए । उकेरा डटकमको विश्वसनीयताको दुरुपयोग गरेर सेयर गरिएको सो पोष्टमा बैंकका थुप्रै कर्मचारीहरुले सीइओलाई नै सहि भनेर झन् बढी भ्रम छरेका थिए । तर सेयरधनीहरुले चर्को आलोचना गरेपछि र बैंकभित्रै पनि सो पोष्टको विषयलाई लिएर विवाद चर्किएपछि न्यौपानेले सो पोष्ट हटाएका हुन् ।

सीइओले पूरानो पोष्ट सेयर गरेर जनतालाई भ्रममा राख्न खोजेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारीलेसमेत चर्चा गर्न थालेपछि अन्तत: उनले सो पोष्ट हटाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

NMB Laghubitta