National

सिद्धार्थ बैंक लिमिटेडको थप १ नँया शाखा संचालनमा, देशको अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले थप १ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको तिनचुलीमा असोज १ गते बिहीबार नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा संचालनमा ल्याएको हो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गर्दै आईरहेको छ । 
बैंकले शाखारहित बैंकिङ सेवा, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा घरमै बसेर खोल्न सकिने व्यवस्था गरेको छ । त्यस्तै अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । 
यस्तै बैंकले क्रेडिट कार्ड जस्ता सेवामार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको पनि जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै