prabhu

एनआईसी एशिया बैंकले ल्यायो नयाँ सुविधा, कर्जाको आवेदन खल्ती वालेटमार्फत दिन सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको लागि नयाँ सुविधा ल्याएको छ । बैंकले सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने नयाँ  सुविधा ल्याएको हो ।
बैंकले ल्याएको यस योजनाअन्तर्गत सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन खल्ती वालेटबाट जुनसुकै स्थान र समयमा आवेदन दिन सकिनेछ ।
त्यस्तै बैंकको मोबाईल बैंकिङ सुविधा उपभोग गरिरहेका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा २०७७ असोज १४ गतेसम्म ५० रुपैयाँ नगद उपहार प्रदान गर्न सक्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।
ग्राहकले खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । आवेदकको ग्राहकलाई कर्जा स्वीकृतिको अवस्थाको बारेमा बैंकले एसएमएसमार्फत जानकारी गराउने भएको छ । साथै आवेदकले समेत यस बैंकको वेबसाइटमा गई लोन स्टाटस आफै ट्रयाक गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै