National

माछापुच्छ्रे बैंकले गर्यो ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग रेमिट्यान्स सम्झौता

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले भारतमा रहेका नेपालीहरुले भारतबाट नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले रेमिट्यान्स सम्झौता गरेको हो ।
अब भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।
यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरुमार्फत प्रापकले प्राप्त गर्न सक्नेछन् । साथै ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्ने भएको छ ।
बैंकले देशभरी १ सय ५९ वटा शाखाहरु, १ सय ३३ वटा शाखारहित बैकिङ्ग सेवा, १ सय ९९ वटा एटीएम र ५ एक्सटेन्स काउन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै १ हजार भन्दा बढी पिओएस मेसिनमार्फतबाट पनि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै