National

नेपाल बैंकको ३३ औँ एक्स्टेन्सन काउन्टर बाग्लुङ्गमा, भरत शर्मा गैरेद्धारा उद्घाटन

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बाग्लुङ्गमा संचालन भएको काउन्टर बैंकको ३३औं एक्स्टेन्सन काउन्टर हो । 
बैंकको नयाँ एक्सटेन्सन काउन्टर गलकोट नगरपालिकाको मुख्य व्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको हो । उक्त काउन्टरको उद्घाटन नगर प्रमुख भरत शर्मा गैरेले गरेका हुन् ।
कोरोनाका कारण सामजिक दुरी कायम गरी काउन्टरको उदघाट्न गर्दा नगर प्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले गलकोटमा बिसं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गर्दै २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको पनि वताएका छन् ।
बैंकले देशभरी १ सय ८९ वटा शाखाहरु, १ सय २५ वटा एटिएम र ३३ वटा एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा गर्दै आईरहेको छ । बैंकले चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जालको संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै