राष्ट्र बैंकको कारबाहीः कर्णाली विकास बैंकलाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै कर्णाली विकास बैंकलाई नगद जरिवाना गरेको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio–CRR) कायम नगरेको पाइएको हो।

राष्ट्र बैंकका अनुसार कर्णाली विकास बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा एकीकृत निर्देशन, २०८० अन्तर्गत अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरी नियामकीय निर्देशन उल्लङ्घन गरेको थियो। निरीक्षणका क्रममा बैंकले तोकिएको न्यूनतम नगद मौज्दात कायम नगरेको पुष्टि भएपछि कारबाही गरिएको प्रतिवेदनमा उल्लेख छ।

उक्त कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले बैंकलाई रु. २,२४६.३२ नगद जरिवाना गरेको जनाएको छ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानुन, एकीकृत निर्देशन तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै अनिवार्य नगद मौज्दातलगायतका नियामकीय मापदण्डको उल्लङ्घन दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत गरेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्