काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ता रिसाएका छन् । रकम फिर्ताको माग गर्दै आन्दोलन गर्दा राष्ट्र बैंकले अबाञ्छित गतिविधि नगर्न भन्दै विज्ञप्ति जारी गरेपछि बैंकका बचतकर्ता रिसाएका हुन् ।
समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताले आफुहरुले २ बर्षदेखि बचत फिर्ता नपाएको स्थितिमा उल्टै बचतकर्तालाई अबाञ्छित गतिविधि नगर्न भन्दै विज्ञप्ति जारी गरेको भन्दै बचतकर्ताहरु आक्रोशित बनेका हुन् ।
समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई सेयर दिएर केस सल्टाउन खोजेको भन्दै जानकारहरुले त्यसो गर्न नहुने तर्क गर्न थालेका छन् ।
समस्याग्रस्त नै भईसकेपछि सो बैंकको सेयरमा पैसा हाल्न उचित नहुने भन्दै उनीहरुले बैंकले चाल्न लागेको कदम ठिक नभएको तर्क गर्न लागेका हुन् ।


