PRABHU BANK

‘ऋण लिएर तिर्दिनँ भन्नेलाई कारबाही हुन्छ’: अर्थमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण लिएर तिर्दिनँ भन्नेलाई कारबाही हुने बताएका छन् । मङ्गलबार बैंकरहरुसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अन्तरक्रिया कार्यक्रममा बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता बैंकरका गुनासा सुनेपछि सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाएका छन् । बैंकरहरु माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरूको सहज समाधानका लागि सरोकारवालाहरू एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने पनि अर्थमन्त्री पौडेल बताउँछन् ।

नेपाल बैंकर सङ्घका अध्यक्ष सुनिल केसी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएकोले ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको उनले जनाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै