माइतीघरमा लघुवित्त पीडितको धर्ना, पालमुनिबाट राज्यलाई प्रश्न !

काठमाडौँ। लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्। आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्।

खुला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका पीडितहरूले आफूहरू आर्थिक, सामाजिक र मानसिक पीडामा परेको गुनासो गरेका छन्।

लघुवित्त संस्थाहरूबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाब र आफूहरूमाथि भएको भनिएको अन्यायविरुद्ध उनीहरू लामो समयदेखि आवाज उठाउँदै आएका छन्।

तर, पटकपटक ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।

यता अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सघंर्ष समितिबिच आज पुन: वार्ता हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै