काठमाडौँ। सालपा विकास बैंकको आइपीओ भर्ने मंसिर २९ गते अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीले सालपा विकास बैंकको आइपीओ भर्ने आज अर्थात् मंसिर २९ गते अन्तिम दिन रहेको हो ।
बैंकले गत मंसिर २५ गतेदेखि पहिलो चरणको सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाटसमेत आवेदन दिन सकिनेछ।




