काठमाडौँ। वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्मको प्राप्त सूचना अनुसार २० वाणिज्य बैंकहहरूमध्ये १४ वटा बैंकले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले स्थिर राखेका छन्।

ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंक रहेका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ब्याजदर कृषि विकास बैंकले ४.५५ प्रतिशत, कुमारी बैंकले ४.३३ प्रतिशत, एभरेष्ट बैंकले ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.६ प्रतिशत, सानिमा बैंकले ४.७५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.५५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत र नेपाल बैंकले ५.१० प्रतिशत पुर्याएका छन्।
त्यस्तै, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर नै दिने भएका छन्। उक्त बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राखेका छन्।




