काठमाडौँ। ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको पाइएको छ। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।
मंसिर २५ गते ऋण असुलीका लागि गएको टोलीलाई स्थानीयले कालोमोसो दलेर कुटपिट, गालीगलौज र अन्य दुर्व्यवहार भएको छ ।
ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार रुपनी शाखाका कर्मचारी ऋण असुलीको क्रममा उपस्थित हुँदा अनौपचारिक समूहले उनीहरूमाथि कालोमोसो छ्याप्दै शारीरिक एवम् मौखिक रूपमा दुर्व्यवहार गरेका हुन्।




