काठमाडौँ। सालपा विकास बैंकले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।
बैंक तेस्रो त्रैमाससम्म ३१ लाख ८९ हजार रुपैयाँ घाटामा छ। अघिल्लो वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंक ३५ लाख ८४ हजार रुपैयाँले घाटामा थियो। बैंकको सञ्चालन घाटा समीक्षा अवधिसम्म ३१ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ३५ लाख ८४ हजार रुपैयाँ थियो।
चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ करोड २२ लाख रुपैयाँ थियो। चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
यस्तै, चुक्तापुँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ९१ लाख ३३ हजार रुपैयाँले ऋणात्मक रहेको छ भने जगेडामा २ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङ १ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो भने जगेडामा २ करोड ६६ लाख रुपैयाँ थियो। चैतसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
यता चैतसम्म बैंकको खराब कर्जा घटेर ०.१० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खराब कर्जा २.२७ प्रतिशत थियो। समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.६१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको ईपीएस १.०२ रुपैयाँले ऋणात्मक थियो।
बैंकको प्रतिसेयर नेटवर्थ १०३.७५ रुपैयाँ रहेको छ।


