काठमाडौँ। सालपा विकास बैंकको आइपीओ बाँडफाँड भएको छ। पुस २५ गते बैंकको आइपीओ बाँडफाँड भएको हो।
धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा सालपा विकास बैंकको आइपीओ बाँडफाँड गरिएको हो।
बैंकले सर्वसाधारणका लागि गत पुस १६ गतेदेखि पुस २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ जारी गरिएको थियो।
यस आइपीओमा २३ लाख २ हजार ८४३ आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर माग भएको छ। जसमा २२ लाख ६५ हजार ९५५ आवेदकबाट माग भएको २ करोड ५४ लाख ७७ हजार २६० कित्ता सेयर सदर भएको छ भने ३६ हजार ८८८ आवेदकबाट माग भएको ४ लाख ५७ हजार ६७० कित्ता सेयर बदर भएको छ।
सदर आवेदकमध्ये २१ लाख ५८ हजार ९२६ आवेदकको हात खाली भएको छ।


