काठमाडौँ। नेपाल बैंकका सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै पुस २५ गते र २६ गते बैंकका सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द हुने जनाएको हो।
बैंकको प्रणाली अपग्रेड गर्नुपर्ने हुँदा पुस २५ गते राती ११ बजेदेखि पुस २६ गते विहान ९:४५ सम्म बन्द हुने बैंकले जनाएको छ।
प्रणाली अपग्रेड कार्य सम्पन्न भएपश्चात् बैंकका सम्पूर्ण सेवा सुचारू हुने बैंकले जनाएको छ।


