काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा व्यवस्थापन र कर्मचारीहरुबीच भईरहेको विवाद अझै शान्त नभएको पाइएको छ। यसअघि पनि पटक पटक आफ्ना माग पुरा नभएको भन्दै आन्दोलित बनेका कर्मचारीहरु पुन:आनोदनमा उत्रिएका छन् ।
कम्पनीहरुमध्ये सबैभन्दा बढी आन्दोलन हुने कम्पनीका रुपमा चर्चित यो लघुवित्तमा विभिन्न माग राखी कर्मचारीहरु पुन:आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफ्ना माग पुरा नभएको भन्दै कार्यक्रम घोषणा गर्दै विरोध गर्दै आइरहेका छन् ।
यसअघि पनि संस्थाका कर्मचारीहरुले शान्तीपूर्ण आन्दोलन गर्दा पनि माग सम्बोधन नहुने देखेपछि पेन डाउन नै गरेर आन्दोलनमा उत्रिएका थिए। आफूहरूको माग पुरा नभएसम्म उनीहरूले अझै चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरेका छन्। योपनि हेर्नुहोस्:

