National

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई साढे २ लाख बराबरको राहत सामाग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले महोत्तरीका आगलागी पीडितहरूलाई साढे २ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबारविहीन भएका १ सय ५० घर परिवारलाई बैंकले राहत सामग्री वितरण गरेको हो । 

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख पचास हजार रुपैयाँ बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरू सहयोग गरेको हो । बैंकले ५ सय ४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १ सय भन्दा बढी घर पूर्ण रूपमा जलेर नस्ट भएका छन् । लगभग ५० वटा अरु घरहरूमा पनि क्षति पुग्दा १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान छ ।

शनिबार मटिहानी नगरपालिकाका मेयर श्री हरि प्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदीप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा उक्त राहत सामाग्री वितरण गरेका बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै