National

आरबीआईले गर्यो कोटक महिन्द्रा बैंकलाई कारबाही, अब मोबाइल बैंकिङमार्फत नयाँ क्रेडिट कार्ड जारी गर्न प्रतिबन्ध

काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआईले) कोटक महिन्द्रा बैंकलाई कारबाही गरेको छ । आरबीआईले सो बैंकलाई अनलाइन र मोबाइल बैङ्किङमार्फत नयाँ क्रेडिट कार्ड जारी गर्न र नयाँ ग्राहक थप्न प्रतिबन्ध  लगाएको हो ।

आरबीआईको यो निर्णय सन् २०२२ र २०२३ को लगातार दुई वर्षको अनुगमनपछि आएको हो । सो अवधिमा आरबीआईले कोटक महिन्द्रा बैंकमा निकै कमजोरी र नियम पालना नगरेको पाएको छ ।

भारतीय केन्द्रीय बैंकले आईटी सूची व्यवस्थापन, प्याच र परिवर्तन व्यवस्थापन, प्रयोगकर्ता पहुँच व्यवस्थापन, विक्रेता जोखिम व्यवस्थापन, डेटा सुरक्षा र डेटा चुहावट रोकथाम रणनीतिहरू, व्यापार निरन्तरता जस्ता क्षेत्रमा कमजोरी गरेको भेटाएको छ ।

कोटक महिन्द्रा बैंकका भारतभर १ हजार ८ सयभन्दा बढी शाखा छन् । बैंकले हाल वाणिज्य बैंकिङ, स्टकब्रोकिङ र म्युचुअल फण्ड देखि बीमा तथा लगानी बैंकिङ सम्मका सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै