काठमाडौँ । एनआईसी एशिया बैंकले सर्लाहीको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले सर्लाही जिल्लामा रहेको हरिपुर्वा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकका अनुसार हरिपुर्वा नगरपालिका वडा न. ५ हरिपुर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुने भएको छ ।
सो कार्यालयबाट वैशाख १६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।