prabhu

‘बैंकहरुले गलत ढंगले बीमा बिक्री गरे’- आरबीआई

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले बीमा जस्ता वित्तीय उत्पादनहरूको गलत बिक्री गरेकोमा भारतीय रिजर्भ बैंक (आरबीआई) ले  चिन्ता व्यक्त गरेको छ। डेपुटी गभर्नर एम राजेश्वर रावले यस्तो गलत बिक्रीले विशेषगरी ज्येष्ठ नागरिक र कम वित्तीय ज्ञान भएका व्यक्तिहरूको विश्वास घटाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

यस्तो समस्यालाई सम्बोधन गर्न आरबीआईले नयाँ निर्देशहरू बनाउने विचार गरिरहेको छ । यसअघि पनि आरबीआईले बैंक र वित्तीय संस्थाहरूलाई बीमा उत्पादनहरूको गलत बिक्रीमा संलग्न हुने विषयमा चेतावनी दिएको थियो। विशेषगरी, जटिल वा अनावश्यक लगानी उत्पादनहरू बेच्ने कार्यमा चिन्ता व्यक्त गरिएको छ।

यता आरबीआईले लघुवित्त क्षेत्रमा उच्च ब्याजदर र कडा असुलीका कारण चिन्ता व्यक्त गरेको छ। रावका अनुसार केही लघुवित्त संस्थाहरूले सस्तो कोषको विकल्प हुँदाहुँदै पनि धेरै उच्च ब्याजदर लिइरहेका छन्, जुन अनुचित छ।

आरबीआईले लघुवित्तलाई केवल उच्च नाफाको व्यवसायका रूपमा नहेरी यसलाई संवेदनशील र विकासशील दृष्टिकोणबाट हेर्न आग्रह गरेको छ । आरबीआईले वित्तीय उत्पादनहरूको बिक्री र लघुवित्त क्षेत्रमा सुधार ल्याउनका लागि नयाँ दिशानिर्देशहरू बनाउने विचार गरिरहेको छ। जसले ग्राहकहरूको हितमा काम गर्नेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै