prabhu

आरबीआईको निर्देशन: एटीएमबाट अब १०० र २०० दरका नोट पनि निकाल्न सकिने

काठमाडौँ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले एक महत्त्वपूर्ण निर्णय लिँदै बैंकहरूलाई भारु १०० र २०० दरका नोटहरू एटीएममार्फत उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ। हालसम्म अधिकांश एटीएमहरूबाट भारु ५०० दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ।

सोमबार जारी परिपत्रमार्फत आरबीआईले सबै बैंकहरू र ह्वाइट लेबल एटीएम अपरेटरहरूलाई यी साना दरका नोटहरू सर्वसाधारणका लागि सहज रूपमा उपलब्ध हुने सुनिश्चितता दिन भनेको छ। यो निर्देशना चरणबद्ध रूपमा लागू गरिनेछ।

परिपत्रअनुसार सेप्टेम्बर ३०, २०२५ भित्र सबै एटीएममध्ये कम्तीमा ७५ प्रतिशतमा भारु १०० र २०० दरका नोटहरू वितरण गर्न सक्ने कम्तीमा एउटा क्यासेट अनिवार्य हुनेछ। त्यसपछि अर्को चरण अन्तर्गत मार्च ३१, २०२६ सम्ममा ९० प्रतिशत एटीएम मा यस्ता साना नोटहरू वितरणको सुविधा हुनुपर्नेछ।

त्यसैगरी मे १, २०२५ देखि भारतमा एटीएम प्रयोगसँग सम्बन्धित नियमहरूमा पनि परिवर्तन हुँदैछ। अबदेखि प्रयोगकर्ताले आफ्नै बैंक बाहिरको एटीएम प्रयोग गर्दा, नगद निकासी गर्दा वा ब्यालेन्स जाँच गर्दा अधिक शुल्क तिर्नुपर्ने व्यवस्था लागू हुनेछ।

ह्वाइट लेबल एटीएम भनेको के हो ?

ह्वाइट लेबल एटीएम भनेको निजी वा गैरबैंकिङ वित्तीय संस्थाले सञ्चालन गर्ने एटीएम हो।  जसले सरकारी वा निजी बैंकका एटीएमसरह सेवा दिन्छ। यस्ता एटीएमहरूबाट नगद निकासी, ब्यालेन्स जाँच लगायत अन्य सामान्य सेवा लिन सकिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
laghubitta
commercial bank