‘इटेक इन्टरनेशनल’ को आयोजनामा ‘Hikvision Secure Banking Solutions Showcase’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । नेपालमा Hikvision का लागि Exclusive Banking Solutions Partner रहेको Etech International को आयोजनामा सम्पन्न Hikvision Secure Banking Solutions Showcase ले बैंकिङ क्षेत्रमा आधुनिक सुरक्षा प्रविधिप्रति बढ्दो चासो र आवश्यकतालाई उजागर गरेको छ । कार्यक्रममा नेपालका अधिकांश ‘A’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका उच्च व्यवस्थापन, विभागीय प्रमुख, सूचना प्रविधि (IT) प्रमुख, सुरक्षा विज्ञ तथा बैंकिङ सञ्चालनसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अपेक्षाभन्दा बढी सहभागितासहित सम्पन्न कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले प्रस्तुत गरिएका सुरक्षा समाधान, प्रत्यक्ष डेमो तथा वास्तविक प्रयोगका उदाहरणहरूमा उच्च रुचि देखाएका थिए । कार्यक्रमभरि सहभागीहरू विभिन्न समाधानहरूको प्रत्यक्ष अवलोकन, अन्तरक्रिया तथा प्राविधिक छलफलमा सक्रिय रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा Centralized Video Management System (VMS), AI-Powered Analytics, Command & Control Center Solutions, Device Health Monitoring, Intrusion Alarm System, Intelligent Perimeter Protection, Real-Time Event Management तथा Action-Oriented Security Platforms लगायतका अत्याधुनिक समाधानहरूको प्रदर्शन गरिएको थियो। विशेषगरी बैंक शाखा, ATM नेटवर्क, डेटा सेन्टर तथा केन्द्रीय कार्यालयहरूको सुरक्षा व्यवस्थापनलाई कसरी थप बुद्धिमान, केन्द्रीकृत र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिइएको थियो ।

कार्यक्रमपश्चात सहभागी बैंकका वरिष्ठ अधिकारीहरू तथा विभागीय प्रमुखहरूले Hikvision लाई केवल CCTV Camera ब्रान्डका रूपमा मात्र बुझ्ने पुरानो धारणा परिवर्तन भएको प्रतिक्रिया दिएका थिए । सहभागीहरूका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका समाधानहरूले Hikvision को क्षमता निगरानी प्रणालीभन्दा धेरै माथि गई Integrated Security, AI Analytics, Centralized Operations तथा Enterprise-Level Management Platform सम्म विस्तार भएको स्पष्ट पारेको थियो ।

धेरै बैंक प्रतिनिधिहरूले Etech International ले विगतदेखि नै बैंकिङ क्षेत्रमा विभिन्न गुणस्तरीय प्रविधि तथा समाधानहरू उपलब्ध गराउँदै आएको जानकारी भए पनि Hikvision अन्तर्गत उपलब्ध यति व्यापक सुरक्षा समाधानहरूको दायरा प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पहिलो पटक प्राप्त भएको प्रतिक्रिया दिएका थिए । सहभागीहरूले यस्ता आधुनिक तथा विश्लेषणात्मक समाधानहरू आफ्ना संस्थाहरूमा कार्यान्वयन गर्ने सम्भावनाबारे थप अध्ययन तथा मूल्याङ्कन आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएका Real-Time Detection, Intelligent Analytics, Event Correlation तथा Centralized Monitoring सम्बन्धी अवधारणाहरूले भविष्यको बैंकिङ सुरक्षा व्यवस्थापन कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने स्पष्ट संकेत दिएको सहभागीहरूको भनाइ थियो । सुरक्षा घटनाको तत्काल पहिचान, विश्लेषण तथा प्रतिक्रिया दिन सक्ने प्रविधिहरू अब बैंकिङ क्षेत्रको प्राथमिक आवश्यकता बन्दै गएको विषयमा समेत कार्यक्रममा व्यापक छलफल भएको थियो ।

Etech International का अनुसार बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरणसँगै सुरक्षा चुनौतीहरू पनि जटिल बन्दै गएका छन् । यस्तो अवस्थामा केवल निगरानी प्रणाली पर्याप्त नहुने र Artificial Intelligence, Automation तथा Centralized Command Framework मा आधारित एकीकृत सुरक्षा समाधानहरू आवश्यक हुने वास्तविकता कार्यक्रममार्फत प्रस्तुत गरिएको थियो ।

आयोजकका अनुसार कार्यक्रम बैंकिङ क्षेत्रका लागि मात्र सीमित नभई सरकारी निकाय, दूरसञ्चार, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा ठूला संस्थागत क्षेत्रहरूका लागि समेत उपयोगी सावित हुने खालका प्रविधिहरूको प्रदर्शन गरिएको थियो। कार्यक्रमले नेपालमा आधुनिक, विश्लेषणात्मक तथा AI-सक्षम सुरक्षा समाधानहरूको प्रयोगलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।

नेपालमा Hikvision का Exclusive Banking Solutions Partner का रूपमा Etech International ले बैंकिङ क्षेत्रको सुरक्षा आधुनिकीकरण, केन्द्रीकृत निगरानी तथा बुद्धिमान सुरक्षा व्यवस्थापनलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई यस कार्यक्रममार्फत थप सुदृढ बनाएको जनाएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै