काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका सगेन्द्र महर्जन र सिन्धुपाल्चोकका अन्जन कुमार बोम्जन रहेका छन्।
बैंकिङ कसुर मुद्दाका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत ललितपुरले बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना फैसला भएको थियो।
महर्जनलाई बैंकिङ कसुर मुद्दामा १ दिन कैद र ५ हजार जरिवाना तोकिएको थियो भने बोम्जनलाई एक महिना कैद र दुई लाख जरिवाना तोकिएको थियो। सो फैसला भएपछि उनीहरू फरार रहेका थिए।
हाल उनीहरू प्रहरीको फन्दामा परेका छन्।

