National

प्रभु बैंकको ठूला सेयरधनीमा ६ व्यक्ति र ६ कम्पनी

काठमाडौं । प्रभु बैंकको ठूला सेयरधनीमा ६ व्यक्ति र ६ कम्पनीहरु रहेका छन् ।

बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनिको सबैभन्दा बढी ३.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रभु ग्रुप अफ कम्पनीको नाममा १.२१ प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चय कोषको नाममा २.५३ प्रतिशत सेयर स्वामित्व छ ।

नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा ०.५२ प्रतिशत छ भने शिवम सिमेन्टको ०.५१ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भएका व्यक्तिमा गौरव अग्रवालको सेयर स्वामित्व २.७१ प्रतिशत छ । सुदिप आचार्यको ०.६० प्रतिशत, शिव कुमार श्रेष्ठको नाममा ०.५८ प्रतिशत, मिजास भट्टचनको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत, स्वरुप गुरुङको ०.५७ प्रतिशत सेयर स्वामित्व छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै